April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

चीनको अन्तरिक्ष यान चन्द्रमाको चट्टान र धुलो लिएर पृथ्वी फर्कियो

4K

काठमाडौँ- चन्द्रमाको सतहबाट माटो र टुंगाको नमूना लिएर  चिनियाँ अन्तरिक्ष यान पृथ्वीमा फिर्ता भएका छन् ।

चिनियाँ अन्तरिक्ष यान ‘चाङ ई-५’ बिहीबार बिहान साढे १ बजे मंगोलियामा अवतरण गरेको बीबीसीले जनाएको छ ।

उक्त यानले चन्द्रमाको सतहबाट २ किलोग्राम ढुंगा र माटोको नमूना पनि ल्याएको छ ।

Advertisement

चन्द्रमाको सतहबाट ढुंगा र माटोको नमूना झण्डै ४० वर्षपछि ल्याइएको हो ।

यसअघि रूसको लुना-२४ नामक मिसनले सन् १९७६ मा चन्द्रमाको सतहबाट २०० ग्राम माटो लिएर फर्किएको थियो । त्यसअघि अमेरिकाको अपोले अन्तरिक्ष यानले पनि चन्द्रमाको सतहबाट ढुंगा लिएर फर्किएको थियो ।