काठमाडौँ – नेदरल्यान्ड्समा एक ह्याकरले पासवर्ड अनुमान गरेरै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्विटर खाताभित्र प्रवेश गर्न सकेको सरकारी अधिकारीहरूले बताएका छन्। ट्रम्पको पासवर्ड “maga2020!” भएको बताइएको छ।
तर “नैतिकतापूर्वक काम गरेकाले” भिक्टर गेभर्सलाई नेदरल्यान्ड्समा कारबाही नगरिने सरकारी अभियोजनकर्ताहरूको भनाइ छ।अमेरिकामा राष्ट्रपतीय निर्वाचनको अन्तिम चरणताका गेभर्सले अक्टोबर २२ मा ट्रम्पको ट्विटरभित्र छिरेर लिएका स्क्रीनशटहरू सार्वजनिक गरेका थिए।
त्यतिबेला ह्वाइट हाउसले ह्याकसम्बन्धी दाबीको खण्डन गरेको थियो। ट्विटरले पनि त्यस्तो दाबी पुष्टि गर्ने कुनै प्रमाण आफूसँग नभएको बताएको थियो।गेभर्सले पहिला सार्वजनिक गरेको यो स्क्रीनशटमा डोनल्ड ट्रम्पको ट्विटर प्रोफाइल सम्पादन गर्न लागेको देखिन्छ
गेभर्स साइबर सुरक्षाको क्षेत्रमा अनुसन्धान गर्छन्।
“यो मेरो मात्र कामको कुरा हैन, इन्टरनेटमा भएका कमजोर पक्षहरू हेर्ने सबै स्वयंसेवकको हो,” उनले भने।बिबिसी