April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सिन्जियाङका हिरासतले चीनको कूटनीतिक ‘टाउको दुखाइ’

2.5K

बेइजिङ । सिन्जियाङमा उइगरहरुमाथि गरिएको चरम दमन र उत्पीडनको घटनालाई विश्वभरबाट चर्को विरोध र आलोचना भइरहेको छ । सन् २०१७ देखि चीन सरकारले सिन्जियाङमा उइगरहरुलाई गैरकानुनी हिरासतमा राख्‍न सुरु गरेको थियो । 

चीनको सिन्जियाङ उइगर स्वायत्त क्षेत्रमा लाखौं अल्पसंख्यक मुस्लिम उइगरहरुलाई नजरबन्दमा राखिएको तीन वर्षमा चीनलाई ठूलो कूटनीतिक झट्का लागेको छ । यही घटनाले पनि चीनको पश्‍चिमी मुलुकहरुसँगको सम्बन्धमा समस्या सिर्जना भएको छ । तर, विज्ञहरुले भने बेइजिङलाई जिम्मेवार बनाउन विश्वव्यापी दबाब आवश्यक भएको बताइरहेका छन् । 

“कट्टर धार्मिक विचार” र “राजनीतिक सिद्धान्त” ले हानि पुर्‍याएको आरोपमा अप्रिल २०१७ देखि सिन्जियाङमा चिनियाँ अधिकारीहरूले १८ लाख उइगर र अन्य मुस्लिम अल्पसंख्यकलाई यस क्षेत्रका एक हजार ३०० भन्दा बढी हिरासत शिविरहरुमा राखेका छन् ।

Advertisement