April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

दक्षिण अफ्रिकाका नोबेल शान्ति पुरस्कार विजेता डेसमन्ड टुटुको निधन

3.3K

एजेन्सी । दक्षिण अफ्रिकाका नोबेल शान्ति पुरस्कार विजेता डेसमन्ड टुटुको निधन भएको छ । टुटुको ९० वर्षको उमेरमा केप टाउनमा आइतबार निधन भएको हो ।

टुटुलाई दक्षिण अफ्रिकाका सबै जातका मानिसले राष्ट्रिय आस्थाको रुपमा लिने गरेका थिए । रंगभेद विरोधी अहिंसात्मक आन्दोलनको नेतृत्व गर्दै आएको भन्दै सन् १९८४ मा उनलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

मण्डेलासहित नेताहरु जेलमा रहेको समयमा टुटुले विभिन्न देशको भ्रमण गर्दै आफ्ना धारणा राख्ने गरेका थिए । चर्चको नेतृत्वमा रहेको भूमिका र नोबेल पुरस्कार प्राप्त गरेपछि उनको रंगभेद विरोधी आवाज विश्वव्यापी भएको थियो ।

Advertisement

दक्षिण अफ्रिकाको रंगभेद विरोधी अभियन्ता टुटुले लन्डनको किङ्स कलेज लन्डनमा अध्ययन गरेका थिए । अल्पसंख्यक श्वेतहरुबाट दक्षिण अफ्रिकामा हुँदै आएको रंगभेदी शासन विरोधी नेल्सन मण्डेला जतिकै टुटुको आवाजलाई महत्त्वपूर्ण रुपमा लिने गरिएको थियो ।

रंगभेदी शासनको अन्त्यपछि टुटुलाई सत्य तथा मेलमिलाप आयोगको प्रमुख बनाइएको थियो । उनी सन् १९८६ देखि १९९६ सम्म दक्षिण अफ्रिकाको आर्क बिसप थिए ।