November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

जर्मनीमा क्रिसमसको समय लकडाउन कडा पारिने

4.3K

जर्मनी–कोरोना संक्रमितको मृत्यु बढ्न थालेपछि जर्मनीमा क्रिसमसका बेला लकडाउन कडा बनाइएको छ। जर्मनीभर बुधबारदेखि नै अत्यावश्यकबाहेकका सबै पसल बन्द गरिनेछन् भने स्कुल पनि बन्द गरिनेछन्।

चान्सलर एंगेला मर्केलले क्रिसमसअघि किनमेल गर्नेहरुको भीडका कारण कोरोना संक्रमण बढेको बताइन्। जर्मनीमा १६ डिसेम्बरदेखि १० जनवरीसम्म लकडाउन गरिनेछ।

१६ राज्यका नेताहरुसँगको बैठकपछि मर्केलले लकडाउन कडा बनाउन आवश्यक रहेको बताइन्। जर्मनीमा रेस्टुँरा, बार र मनोरन्जनका अन्य स्थानहरु नोभेम्बरदेखि नै बन्द गरिएका छन् भने देशका केही भाग स्वतः लकडाउनको अवस्थामा परिणत भएका छन्।

Advertisement

यद्यपि क्रिसमस ट्री बेच्ने पसल भने खुला रहनेछन्। निजी कम्पनीहरुलाई घरबाटै सेवा दिन आग्रह गरिएको छ। जर्मनीमा आइतबार २० हजार २ सय नयाँ संक्रमित थपिएका छन् भने ३ सय २१ जनाको मृत्युभ एाके छ।