April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बेलायती प्रधानमन्त्री जोनसन र ईयूका प्रमुख उर्सुलाबीच ब्रेक्जिट सम्झौताबारे छलफल

3.1K

काठमाडौँ– बेलायतका प्रधानमन्त्री बोरिस जनसनले युरोपियन युनियनका पदाधिकारीसँग भेटवार्ता गरेका छन् ।

युरोपियन युनियनका प्रमुख उर्सुला भोन डेर ल्येनसँग भेटवार्ता ब्रेक्जिटबारे छलफल भएको बीबीसीले उल्लेख गरेको छ ।

बेलायतलाई ब्रेक्जिटबारे सहमति गर्नैपर्ने दवाव रहेकाले दुवै नेताबीच लामो अनौपचारिक छलफल पछि औपचारिक भेटवार्ता भएको हो ।

Advertisement

यही डिसेम्बर अन्त्यसम्ममा बेलायतले ब्रेक्जिटबारे निर्णय गरिसक्नुपर्ने विश्व व्यापार संगठनको समयसीमा रहेकाले छलफललाई तीव्र पारिएको हो ।

दुवै नेताबीच भएको भेटवार्तामा कुनै ठोस सहमति नभएको बताइएको छ । तर समयसीमा अघि नै महत्वपूर्ण सम्झौता भइसक्ने दुवै नेताले बताएका छन् ।

लामो बहसपछि बेलायत जनवरीमा ब्रेक्जिटबाट बाहिरिएको थियो । तर विश्व व्यापार संगठनको कडाइका कारण ११ महिना नबित्दै बेलायतले फेरि पनि ब्रेक्टिज सहमतिबारे छलफल गर्न थालेको हो ।