March 27, 2025, Thursday
२०८१ चैत्र १४
1:37:26 pm

किसान आन्दोलनमा सहभागी भएपछि दिल्लीका मुख्यमन्त्री नजरबन्दमा !

2.9K

नयाँदिल्ली–किसान आन्दोलनमा सहभागी भएपछि दिल्ली प्रहरीले मुख्यमन्त्री अरबिन्द केजरीवाललाई नजरबन्दमा राखेको छ।

आम आदमी पार्टी (आप) ले किसान आन्दोलनमा समर्थन गरेकाले केजरीवाललाई नजरबन्दमा राखेको दाबी गरेको हो। केजरीवाल सोमबार बेलुका किसानहरु धर्ना बसिरहेको सिन्धु बोर्डर पुगेर आन्दोलनमा समर्थन जनाएका थिए।

सीमाबाट फर्किएलगत्तै दिल्ली प्रहरीले उनलाई नजरबन्दमा राखेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। गृह मन्त्रालयको आदेशमा प्रहरीले दिल्ली नगर निगमका तीन मेयर र मुख्यमन्त्री केजरीवालको घरको गेटबाहिर निगरानी गरेको आपको आरोप छ। आपका अनुसार प्रहरीले मुख्यमन्त्रीको घरबाहिर बनाएका कारण उनले अरुसँग भेट गर्न र बाहिर आउन पाएका छैनन्।

Advertisement

तर दिल्ली प्रहरीले यो आरोप गलत भएको बताएको छ। केजरीवाल सोमबार राति ८ बजे कतै बाहिर गएको र १० बजे फर्किएपछि प्रहरीले सुरक्षामात्र दिएको प्रहरीको दावी छ।  केजरीवालाले आफू किसानहरुको पक्षमा रहेको र उनीहरुका मागको समर्थन गर्ने बताएका थिए। यसअघि किसानहरु दिल्ली सीमामा आएको समयमा केन्द्र सरकारले दिल्लीका  ९ रंगशालालाई कारागार बनाउन मागेको समाचार सार्वजनिक भएको थियो। तर केजरीवाल सरकारले अनुमति दिन अस्वीकार गरेको थियो।