April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

टिकटक भिडियो बनाउँदा नौ तलाबाट खसेर युवतीको गयो ज्यान

2.1K

काठमाडौं– टिकटकका लागि भिडियो खिच्ने क्रममा एक युवतीको नौ तलाबाट खसेर ज्यान गएको छ । टर्कीकी २३ वर्षीय युवती विभिन्न पोजमा भिडियो बनाउने क्रममा एउटा अपार्टमेन्टको नवौं तलाबाट खसेकी हुन् ।

कुब्रा डोगान नाम गरेकी ती युवती इस्तानबुलस्थित भतिजाको अपार्टमेन्टबाट लडेकी हुन् । सूर्यास्त भइरहेको समयमा आकाशको लोभलाग्दो दृष्यलाई सेल्फीमार्फत कैद गर्ने क्रममा उनी खसेकी थिइन् । अर्पाटमेन्टबाट १६० फिट तल सडकमा खसेकी उनको घटनास्थलमै मृत्यु भएको थियो ।

अर्पाटमेन्टबाट खस्नुअघि कुब्राले आफ्ना भतिजासँग विभिन्न पोजमा सेल्फी खिचेकी थिइन् । स्थानीय समयअनुसार साँझ साढे सात बजे अपार्टमेन्टको छानोको छेउमा गएर तस्वीरका लागि पोज दिँदा उनी खसेकी थिइन् ।

Advertisement

पछिल्ला समयमा टिकटकमा भ्युज र लाइक बढाउन विभिन्न खतरनाक पोजमा तस्बिर र भिडियो खिच्ने होड प्रायः टिकटकप्रेमीमा देखिन्छ । अनौठो दृष्यलाई कैद गर्ने नाममा विभिन्न विकृति र विसंगति दोहोरिएको विज्ञहरुको भनाइ छ । यसअघि पनि पूर्वी टर्कीमा टिकटक भिडियो खिच्दा एक युवकको ज्यान गएको थियो ।