March 20, 2025, Thursday
२०८१ चैत्र ७
1:37:26 pm

विश्वासको मत गुमाएपछि मलेसियाका प्रधानमन्त्रीद्वारा राजीनामा

1.8K

काठमाडौं– मलेसियाका प्रधानमन्त्री मुहिद्दिन यासिनले पदबाट राजीनामा दिएका छन् । संसद्बाट विश्वासको मत पाउन नसकेपछि उनले राजीनामा दिएको समाचार संस्था रोयटर्सले जनाएको छ । सरकारको नेतृत्वको गरेको १७ महिनामै उनले राजीनामा दिनुपरेको हो । उनी सन् २०२० को मार्चमा सत्तामा आएका थिए ।

पछिल्लो समय कोरोना भाइरस नियन्त्रणमा प्रभावकारी रूपमा काम गर्न नसकेको भन्दै नागरिक स्तरबाट सरकारको तीव्र आलोचना हुँदै आएको थियो । सरकारले कामभन्दा बढी राजनीति गर्ने गरेको आरोप लाग्दै आएको थियो । एजेन्सी

Advertisement