March 18, 2025, Tuesday
२०८१ चैत्र ६
1:37:26 pm

हाइटी भूकम्प : मृतकको संख्या १,३०० पुग्यो, आपतकालको घोषणा

2.5K

हाइटी– गत शनिबार हाइटीमा गएको ७.२ माग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या करिब १,३०० पुगेको छ । बीबीसीका अनुसार आज बिहानसम्म एक हजार २९७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

सरकारी अधिकारीका अनुसार पाँच हजार ७०० जना घाइते भएको र सयौंको अवस्था अज्ञात रहेकाले मृतकको संख्या अझै बढ्ने देखिएको छ । भूकम्पका कारण ठूलो जनधनको क्षति भएपछि हाइटी सरकारले आपतकालको घोषणा गरेको समाचार संस्था सीएनएनले जनाएको छ ।
सीएनएनका अनुसार सोमबार बिहानसम्म १३ हजार ६९४ घर पूर्ण रूपमा क्षतिग्रस्त भएको पुष्टि भएको छ । यस्तै, अन्य १३ हजार ७८५ घरमा क्षति पुगेको छ ।

Advertisement