April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

अल्जेरियाको जङ्गलमा भीषण डढेलो : कम्तीमा २५ सैनिक र १७ नागिरकको मृत्यु

1.8K

काठमाडौं- अत्यधिक गर्मीको कारण अफ्रिकी मुलुक अल्जेरियाको जङ्गलमा भीषण डढेलो लागेको छ । डढेलोमा परेर कम्तीमा २५ सैनिक र १७ नागरिकको मृत्यु भएको छ ।

डढेलो नियन्त्रणमा खटिएका धेरै सैनिकहरु जलेर घाइते भएका छन् । आगलागीका कारण जंगल वरिपरिका बस्तीहरु खाली गरिएका छन् । केही खाली बस्ती समेत आगोले नष्ट हुनुका साथै हजारौं हेक्टर जङ्गल नष्ट भएको छ । आगलागी नियन्त्रणका लागि सयौं उद्धारकर्मीहरु खटिएका छन् । हेलिकप्टर समेत परिचालन गरिएता पनि डढेलो नियन्त्रणमा आएको छैन । हाल त्यहाँको तापक्रम ४७ डिग्री पुगेको छ ।

Advertisement