April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

तालिबानद्वारा अफगानिस्तानमा रेडियोका स्टेशन म्यानेजरको गोली हानी हत्या, एक पत्रकारको अपहरण

3K

काठमाडौं- सन्दिग्ध तालिबानी लडाकुले अफगानिस्तानमा एक रेडियो स्टेशनका म्यानेजरको हत्या गर्दै एक पत्रकारलाई अपहरण गरेको सरकारी अधिकारीहरुले जनाएका छन्।

रेडियोका स्टेशन म्यानेजरको हत्या गर्दै दक्षिणी हेलमन्द प्रान्तमा एक पत्रकारको अपहरण गरेको सोमबार स्थानीय सरकारी अधिकारीले जानकारी दिएको समाचार संस्था रोयटर्सले जनाएको छ। 

पाकतिया घाङ रेडियोका म्यानेजसमेत रहेका अफगानिस्तानमा स्तन्त्र सञ्चारमाध्यको समर्थन गर्ने एक समूह एनएआईका अधिकारी तूफान ओमारलाई बन्दुकधारीहरुले आइतबार राजधानीमा गोली हानी हत्या गरेका थिए।

Advertisement

‘ओमारलाई पहिचान नभएका बन्दुकधारीले मारेका छन्, उनी उदार व्यक्ति थिए र स्वतन्त्र रुपमा काम गर्नेलाई निशाना बनाइएको छ’ एनएआईका प्रमुख खुजिब खेलवतगरले भने।  

दक्षिणी हेलमन्द प्रान्तका अधिकारीहरुका अनुसार तालिबान लडाकुले आइतबार प्रान्तीय राजधानी लश्कर गाहमा एक स्थानीय पत्रकार, नेमातुल्लाह हेमतलाई उनकै घरबाट अपहरण गरेका छन्। 

गत महिना सार्वजनिक भएको एनएआईको रिपोर्ट अनुसार यस वर्ष अफगानिस्तानमा काम गर्ने कम्तिमा ३० पत्रकार र मिडियाकर्मी मारिएका, घाइते बनाइएका र अपहरणमा परेका छन्।