एजेन्सी – भारतमा पछिल्लो २४ घन्टामा थप ३९ हजार ७० जनामा काेराेना संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड १९ लाख ३४ हजार ४५५ पुगेको छ ।
यसै गरी पछिल्लो २४ घन्टामा थप ४९१ संक्रमितले ज्यान गुमाएका छन् । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख २७ हजार ८६२ पुगेको छ। यही अवधिमा ४३ हजार ९१० जना संक्रमणमुक्त भएका छन् । भारतमा अहिले पनि ४ लाख ६ हजार ८२२ सक्रिय संक्रमित रहेका छन् । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ५० कराेड ६८ लाख डाेज खाेप लगाइसकिएकाे छ ।
भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा रहेकाे छ ।