April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

तालिबानद्वारा जेल कब्जामा लिई सम्पूर्ण कैदी मुक्त

2.2K

काठमाडौं- तालिबानले अफगानिस्तानको उत्तरी प्रान्त जोज्जानको एउटा जेल कब्जा गरी सबै कैदीलाई मुक्त गरेको छ ।
शनिबार सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडियोमा विद्रोहीले आक्रमण गरेपछि सयौं कैदी सेबरगान शहरको जेलबाट बाहिर निस्किएको देख्न सकिन्छ । यो तालिबानले नियन्त्रणमा लिएको दोस्रो क्षेत्रीय राजधानी बनेको छ ।

देशभर लडाइँ बढ्दै गइरहेको समयमा अफगानी सुरक्षाकर्मीका लागि यो ठूलो झट्का हो । शेबरगान अफगानिस्तानका पूर्व उपराष्ट्रपति र योद्धा अब्दुल रशिद दोस्तमको गढ हो । उनीहरूका समर्थकले विद्रोहीविरुद्धको लडाइँको नेतृत्व गर्दै आएका छन् ।

देशका अन्य भागहरूमा पनि हिंसा भड्किएको छ भने हजारौं नागरिकहरू द्वन्द्वग्रस्त क्षेत्रबाट विस्थापित भएका छन् । यसक्रममा अन्य प्रान्तीय राजधानीहरू पश्चिममा हेरात, र कंधार र लश्कर गाहको दक्षिणी शहरहरू दबाबमा पर्दै गएका छन् ।

Advertisement