April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

ग्रिसका १५४ जङ्गलमा डढेलो, दुईको मृत्यु, सयौं विस्थापित

2K

काठमाडौं- ग्रिसको १५४ वटा जंगलमा डढेलो फैलिएको छ । अनिश्चित वायुका कारण आगो निकै तीव्र गतिमा फैलिरहेको अधिकारीहरूले बताएका छन् । अन्य ६ वटा इलाकामा आगो फैलन सक्ने भन्दै उच्च सतर्कता अपनाइएको बीबीसीले जनाएको छ ।

आगलागीका कारण सयौं व्यक्ति विस्थापित भएका छन् । राजधानी एथेन्सबाट उत्तरी क्षेत्र, इभिया टापु, प्राचिन ओलम्पिया नजिकैका क्षेत्रमा पनि डढेलो फैलिरहेको छ । धुवाँको मुस्लो घरभित्र पसेपछि एथेन्स बाहिरबाट हजारौं मानिसहरुलाई सुरक्षित स्थानमा जान भनिएको छ ।

डढेलो निभाउने क्रममा ३८ वर्षीय अग्नि नियन्त्रकको विद्युतको पोल खस्दा मृत्यु भएको हो । अर्का व्यक्ति एथेन्स चेम्बर अफ कमर्सका अध्यक्ष कोन्स्टान्टिनोस मिकालोस हुन् । घटनामा अन्य थप २० जना घाइते भएका छन् ।

Advertisement