January 13, 2025, Monday
२०८१ माघ १
1:37:26 pm

भारतमा थप ३० हजार संक्रमित, ४१५ संक्रमितको मृत्यु

1.7K

काठमाडौँ– भारतमा थप ३० हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३० हजार १२५ जनामा संक्रमण भएको छ ।  पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १४ लाख ३९ हजार ७६४ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख ५ हजार ३०६ जना संक्रिय संक्रमित छन् ।

Advertisement

यस्तै त्यहाँ एकै दिन ४१५ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २१ हजार ४११ पुगेको छ ।