April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

हेइटीमा नयाँ प्रधानमन्त्री नियुक्त

2.4K

काठमाडौं क्यारेबियन मुलुक हेइटीमा राजनीतिक संकटकैबीच नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ । राष्ट्रपति जोभेनेल मोइसको हत्यापछि अस्थिर भएको राजनीतिलाई सही ट्रयाकमा ल्याउने वाचासहित एरियल हेन्रीले हिजो प्रधानमन्त्रीको सपथ लिएका हुन् ।

हत्या गरिनुभन्दा केही दिन अगाडि मात्रै राष्ट्रपति मोइसले हेन्रीलाई प्रधानमन्त्रीमा सिफारिस गरेका थिए । तर हेन्रीले पदभार ग्रहण नगर्दै राष्ट्रपतिको हत्या भएपछि राजनीतिक संकट चुलिएको थियो । हिजो कार्यवाहक प्रधानमन्त्री क्लाउडे जोसेफ राजिनामा दिन तयार भएपछि नयाँ प्रधानमन्त्री नियुक्तिको बाटो खुलेको हो ।

हेइटीमा रहेका केही प्रभावशाली देशका राजदूतहरुले हेन्रीलाई नयाँ सरकार गठन गर्न आव्हान गरेलगत्तै जोसेफले बाटो छाडिदिएका हुन् । गत जुलाई ७ तारिखमा हेइटीका राष्ट्रपति मोइसको बन्दुकधारीहरुले निवासमै हत्या गरेका थिए । कोलम्बियाका पूर्व सैनिकसहित भाडाका सेनाहरुको एउटा समूहले राष्ट्रपतिको हत्या गरेको त्यहाँको प्रहरीले दावी गरेको छ ।

Advertisement