April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

अन्तरिक्षबाट विश्वभर इन्टरनेट वितरण गर्न थप ३६ स्याटालाइट प्रक्षेपण

3.4K

काठमाडाैं– अन्तरिक्षबाट विश्वभर इन्टरनेट सेवा वितरण गर्ने प्रयत्न स्वरुप प्रविधि कम्पनी वानवेबले थप ३६ वटा स्याटालाइट ‘भू–उपग्रह’ सफलतापूर्वक प्रक्षेपण गरेको छ।

बिहीबार बेलायतको लन्डनस्थित वानवेबले अन्तरिक्षबाट विश्वभर इन्टरनेट सेवा वितरण गर्न उक्त स्याटालाइट प्रक्षेपण गरिएकाे हाे। 

यससँगै सो कम्पनीको स्याटालाइट संख्या अन्तरिक्षमा २५४ पुगेको छ। यस वर्षको अन्त्यसम्ममा वानवेबले यी स्याटालाइटहरुको माध्यमबाट इन्टरनेट सेवा सुरुवात गर्नसक्ने जनाइएको छ।

Advertisement

तर, विश्वभर इन्टरनेट प्रदान गर्नको लागि वानवेबलाई थप भू–उपग्रहको खाँचो रहेकाे वानवेबका कार्यकारी अधिकृत निल मास्टर्सनले जनाए। 

उनका अनुसार ५० डिग्री उत्तरी आक्षांशदेखि उत्तरी ध्रुवसम्म स्याटालाइटको माध्यमबाट कनेक्सन स्थापना गरिने छ।

जसले उत्तरी युरोप, ब्रिटेन, ग्रिनल्यान्ड, क्यानडा, अलास्का र आइसल्यान्डसम्म इन्टरनेटको पहुँच पुग्नेछ।