November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

चीनले सन् २०३३ सम्ममा मंगल ग्रहमा मानिस पठाउने

2.9K

काठमाडौं- चीनले सन् २०३३ सम्ममा मंगल ग्रहमा मानिस पठाउने जनाएकाे छ। चीनको प्रमुख रकेट निर्माता चाइना एकेडेमी अफ लन्च भइकल टेक्नोलोजीका प्रमुख वाङ सियाओजुनले एक भर्चुअल सम्मेलनमा बोल्दै चीनको यस्तो योजना सार्वजनिक गरेका हुन्।

उनका अनुसार पहिला मंगल ग्रहमा स्थायी बसोबासको लागि बेस क्याम्प बनाइनेछ र त्यसैको माध्यमबाट अनुसन्धानको काम सुरु गर्नेछ। योजनाअनुसार सन् २०३३, २०३५, २०३७, २०४१ र त्यसपछि पनि अन्तरिक्षयात्रीहरुलाई मंगल ग्रहमा पठाउनेछ।

चीनले मंगल ग्रहमा आफ्नो मानव मिसन सुरु गर्नुभन्दा पहिला रोबोटहरु पठाउनेछ र त्यहाँ बेस स्थापना गर्ने र मंगल ग्रहबारेको खोजका लागि आवश्यक पर्ने प्रणालीको विकास गर्नेछ।

Advertisement

यसअघि गत मे महिनाको मध्यमा चीनको रोबोटिक रोभर मंगलग्रहमा अवतरण गरेको थियो। अमेरिकाको अन्तरिक्ष नियोग नासाले सन् २०३० को दशकमा अन्तरिक्षयात्रीलाई मंगल ग्रहमा पठाउने  योजना सार्वजनिक गरेको थियो। नासाले उनीहरुलाई फिर्ता ल्याउने प्रविधिको विकास गर्ने गरी काम गरिरहेको छ।

यात्राको समय छोटो बनाउनका लागि अन्तरिक्ष यानले परम्परागत रासायनिक प्रोपेलेन्टको अतिरिक्त ताप र बिजुलीको रूपमा परमाणु प्रतिक्रियाहरूबाट निकालिएको उर्जा ट्याप गर्नुपर्नेछ। चीनले मंगल ग्रहमा नै बसोबासको लागि अन्तरिक्षयात्रीहरुले त्यहाँको स्रोतको प्रयोग गर्न सक्ने बताएकाे छ।