April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

टर्कीमा रात्रिकालीन कर्फ्यु र लकडाउन

2.4K

एजेन्सी–कोरोना संक्रमितको संख्या दैनिक ३० हजारभन्दा बढी हुन थालेपछि टर्कीमा रात्रिकालीन कर्फ्यु लागू गरिएको छ।

टर्कीका राष्ट्रपति रेसेप तायिप इर्दोगानले राति ९ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने घोषणा सोमबारको मन्त्रिपरिषद् बैठकमा गरेका हुन्। यस्तै, शुक्रबार साँझ ९ बजदेखि सोमबार बिहान ५ बजेसम्म लकडाउन घोषणा गरिएको छ। यस अवधिमा ग्रोसरी स्टोर र खाद्यान्नका सेवा भने निश्चित समयका लागि खुला हुन दिइनेछन्।

यसका साथै ६५ वर्षभन्दा बढी उमेरका र २० वर्षभन्दा कम उमेरका नागरिकलाई सार्वजनिक यातायात प्रयोगगर्न अनुमति दिइएको छैन। विवाह र अन्त्येष्टि संस्कारमा ३० जनाभन्दा बढी भेला हुन पाइनेछैन भने नयाँ वर्षको समारोह रद्ध गरिनेछन्।

Advertisement