November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

भारतमा शक्तिशाली ‘टोकटे’ चक्रवातको खतरा

2.8K

भारत– कोरोनासँग जुँधिरहेको भारतमा अर्को संकट देखापरेको छ। भारतीय मौसम विभागका अनुसार चक्रवात‘टोकटे’भारत तर्फ अघि बढिरहेको छ।

यो चक्रवात दक्षिण पूर्वी र पूर्वी मध्य अरब सागरमा रहेको र अहिले भारततर्फ अघि बढिरहेको बीबीसी हिन्दीले मौसम विभागलाई उदृत गर्दै जनाएको छ। 

समाचार एजेन्सी पीटीआईका अनुसार शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस चक्रवातसँग जुध्न तयारी समीक्षा बैठक बोलाएका छन्।

Advertisement

चक्रवात पश्चिमी तट तर्फ बढिरहँदा प्रशासनमा चिन्ता थपिएको छ। भारतीय नौसेनाले जहाज, पोत, हेलिकप्टर, गोताखोर तथा आपत राहत टीम पश्चिमी तटमा मद्दतका लागि तयारी अवस्थामा रहेको जनाएको छ। 

भारतीय मौसम विभागले शुक्रबार १७ मेसम्म चक्रवात १५० देखि १६० किलोमिटर प्रतिघन्टाको रफ्तारमा आउने र विनाश नित्याउन सक्ने भन्दै सचेत गराएको थियो।

विभागका अनुसार यो चक्रवात शुरुमा उत्तर पूर्वबाट अघि बढ्ने र फेरि उत्तर पश्चिम हुँदै गुजरातको तटसम्म १८ मेको विहान पुग्ने अनुमान गरेको छ। 

यो चक्रवातलाई लिएर केरलका पाँच जिल्लामा रेड अलर्ट जारी गरिएको छ।