April 23, 2025, Wednesday
२०८२ बैशाख १०
1:37:26 pm

भारतमा कोरोनाको स्थिति निकै चिन्ताजनक–विश्व स्वास्थ्य संगठन

1.8K

काठमाडौं– विश्व स्वास्थ्य संगठनले भारतमा कोरोना संक्रमणको स्थिति निकै चिन्ताजनक भएको बताएका छ।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रस एडनोम गेब्रिएसेसले शुक्रबार भारतमा कोराना संक्रमणको स्थिति निकै चिन्ताजनक अवस्थामा रहेको बताए। 

भारतका कयौं राज्यमा अहिले पनि कोरोना संक्रमितको संख्या कम नभएको भन्दै उनले चिन्ता व्यक्त गरे। कयौं राज्यमा अहिले पनि कोरोना संक्रमितको संख्यामा कमी नआएको र अस्पतालहरुमा भर्ना हुनका लागि महामारीको अवस्था रहेको भन्दै उनले मृत्यु दर पनि उच्च हुँदा थप समस्या भएको बताए।

Advertisement

ग्रेविएसेसले पहिलो भन्दा दोस्रो लहर खतरनाक भएको भन्दै भारतलाई कोरोना महामारीसँग लड्न विश्व स्वास्थ्य संगठनले सहयोग गरिरहेको बताए। 

भारतमा मात्र नभइ अन्य देशहरुमा पनि कोभिडको असर बढिरहेको उनको भनाइ थियो।