November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

भारतमा १८ हात्ती मृत फेला

2.1K

भारत– उत्तरपूर्वी भारतीय राज्य असममा १८ वटा हात्ती मृत फेला परेका छन्। 

असमको नगांव जिल्लाको जंगलमा चट्याङका कारण हात्तीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। 

वन विभागका मुख्य वन संरक्षक एवं वन्यजीव अमित सहायका अनुसार कठियाटोली रन्जको कुंडोली वन क्षेत्रमा बुधबार राति चट्याङ पर्दा यस्तो घटना भएको हो।

Advertisement

उनका अनुसार दुई झुण्डमा गरि १४ हात्ती मृत अवस्थामा फेला परेका थिए।

सहायले भने,‘यो सुदरवर्ती क्षेत्र हो र हाम्रो टिम बिहीबार दिउँसो त्यहाँ पुगेको थियो। दुई झुण्डमा हात्तीको शव फेला परेको छ। पहाडको माथि १४ र पहाडको तल्लो भागमा ४ हात्ती मृत फेला परे।’

वन मन्त्री परिमल सुक्ला वैद्यले प्रारम्भिक जाँचमा आकाशीय बिजुली(चट्याङ) पर्दा १८ हात्तीको मृत्यु भएको बताए। वास्तविक कारण पोस्टमार्टमपछि पत्ता लाग्ने मन्त्री वैद्यको भनाइ छ।