November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

इजरायली सहरमा संकटकाल घोषणा

3.1K

काठमाडाैं- इजरायली सेना र प्यालेस्टाइनीहरुबीच हिंसात्मक आक्रमण बढेसँगै लोड सहरमा संकटकाल घोषणा गरिएकाे छ। उक्त सहरमा इजरायली अरबीहरुको कारण अशान्ति फैलिनसक्ने जोखिम बढेसँगै इजरायलले संकलकाल लगाएको हो।

अहिले इजरायलमा दुवैतर्फबाट आक्रमण भइरहेको छ। गाजा क्षेत्रबाट इजरायलतर्फ रकेट प्रहार भइरहेका छन् भने इजरायलले पनि गाजा क्षेत्रमा हवाई आक्रमण जारी राखेको छ।

प्यालेस्टाइनीहरुले इजरायलमा एक हजारभन्दा धेरै रकेट आक्रमण गरेकाे बीबीसीले जनाएकाे छ। दुवैतर्फकाे आक्रमणमा परी अहिलेसम्म कम्तीमा ४० जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा १० बालबालिकासहित ३५ प्यालेस्टाइनका नागरिक र पाँच इजरायली रहेकाे स्वास्थ्य अधिकारीहरु र चिकित्सकहरुले जनाएका छन्।

Advertisement

यता, आफ्नो मुलुकमा रकेट आक्रमण भएसँगै त्यसको जवाफमा गाजा क्षेत्रमा चरमपन्थीलाई लक्षित गरी हवाई आक्रमण गरिएको  इजरायलको सेनाले बताएको छ।

प्यालेस्टाइनी लडाकुले आफूहरुले इजरायलको तेल अभिभलाई लक्षित गरी आक्रमण गर्ने तयारी गरिरहेको बताएका छन्।

जेरुसलेममा रहेको अल अक्सा मस्जिद कम्प्लेक्सलाई लिएर दुई समूहबीच झडप हुँदै आएकाे छ।

अल अक्सा मस्जिद कम्प्लेक्स इस्लाम धर्मको सबैभन्दा सम्मानित स्थान हो। तर, यो मस्जिद रहेको स्थान यहुदी धर्मको पनि पवित्र स्थल मानिन्छ। उनीहरुले यसलाई टेम्पल माउण्ट भन्ने गर्छन्।

अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई द्वन्द्व कम गर्न आग्रह गरेका छन्।