November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

बाइडेन प्रशासन : अमेरिकी विदेशमन्त्रीमा एन्टोनी ब्लिन्केनको सम्भावना

2.3K

वासिङ्टन– अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनले अमेरिकी विदेश मन्त्रीमा आफ्ना सल्लाहकार सहयोगी एन्टोनी ब्लिन्केनलाई मनोनयन गर्ने सम्भावना रहेको छ। बाइडेनका नजिकका स्रोतले ५८ वर्षीय ब्लिन्केनलाई विदेश मन्त्रीमा मनोनयन गर्ने सम्भावना रहेको बताएका छन्।

ओबामा प्रशासनका समयमा ब्लिन्केनले उपविदेशमन्त्री तथा राष्ट्रिय उपसुरक्षा सल्लाहकारको भूमिका निर्वाह गरिसकेका छन्। साथै उनीसँग बाइडेनको निकट सम्बन्ध रहेको बताइन्छ। 

ट्रम्प प्रशासनका चार वर्षको अवधिमा अमेरिकी विदेश नीतिमा आएको ह्रासलाई सच्याएर नयाँ रुपमा संयुक्तराज्य अमेरिकालाई उभ्याउनु पर्ने चुनौती ब्लिन्केनमाथि हुनेछ। 

Advertisement