April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

ट्रम्पलाई सत्ता हस्तान्तरण गर्न दबाब बढाउँदै रिपब्लिकन पार्टी

2.4K

एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचनमा पराजित भए पनि हालसम्म हार स्वीकार गर्न तयार देखिएका छैनन्। तर उनलाई अदालतले एकपछि अर्को गरी हराउन थालेको छ।

हालैमात्र पेन्सिलभेनियाको नतिजामाथि अदालतमा दायर भएको निवेदनमा उनको विपक्षमा फैसला भयो । अदालतले उनको माग अस्वीकार गर्दै मुद्दा नै खारेज गरिदिएपछि ट्रम्पलाई धक्का लागेको छ। यही अवस्थामा उनको पार्टी रिपब्लिकनले पनि चुनावी नतिजालाई स्वीकार गरि बाइडेनलाई सत्ता सम्हाल्ने बाटो खुल्ला गर्न दबाब बढाएको छ।

दुई हप्ता पहिले डेमोक्रेटिक पार्टीले बाइडेनको जित घोषणा गरेदेखि नै ट्रम्प अदालत धाइरहेका छन्। उनी चाहन्छन्–बाइडनलाई जितको प्रमाणपत्र नदिइयोस् । तर ट्रम्पको यो प्रयास जर्जिया, मिशिगन र एरिजोनामा असफल भएको छ। हालै  यो सूचीमा पेन्सिलभेनियासमेत थपिएपछि पार्टीले सत्ता हस्तान्तरणको दबाब बढाएको हो।

Advertisement

शनिबार पेन्सिलभेनियाका संघीय न्यायाधीश म्याथ्यु ब्रेनले ट्रम्पको यो अभियानलाई झड्का दिएका हुन्। निर्वाचन परिणामविरुद्ध निवेदन दिइएको भए पनि त्यसको कुनै पनि प्रमाण  पेश नभएको अदालतलको जिकीर थियो। ट्रम्पले ह्वाइटहाउसमा बसिरहन बाइडेनले ८१ ह्जार भोटले कायम गरेको अग्रता उल्टाउनुपर्ने हुन्छ । यहाँ सोमबार नतिजाको आधिकारिक घोषणा हुँदै छ। रिपब्लिकन सिनेटर पैट टुमीले ट्रम्पले निर्वाचनको परिणाम स्वीकार गर्नुपर्ने बताए।

यसबाहेक हाउस अफ रिप्रेजेन्टेटिभमा रिपब्लिकन लिडरशिप टीमका लिज चेनीले पनि ट्रम्पले हार स्वीकार गर्नुपर्ने र निर्वाचनको प्रक्रियालाई सम्मान गर्नुपर्ने बताए। ३ नोभेम्बरमा भएको निर्वाचनमा ट्रम्पको तुलनामा ६० लाख बढी भोट बाइडनलाई प्राप्त भएको थियो । यस बाहेक बाइडनसँग सरकार बनाउनका लागि आवश्यक २७० इलेक्टोरल कलेज भोट आएको थियो। ट्रम्पले भने २३२ इलेक्टोरल मत पाएका थिए। बाइडनको ३६ इलेक्टोरल भोेट बढी छ।