November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

पेरुमा दुई लाख ७० हजार महिलालाई बाध्य बनाए परिवार नियोजन

२०७७ फाल्गुन २२

5.4K

काठमाडाैं– अमेरिकी मुलुक पेरूका तत्कालिन राष्ट्रपति अल्वर्टो फुजिमोरीको सरकारले परिवार नियोजन गर्न बाध्य बनाएको भनी परेको मुद्दाको शनिबार अदालती प्रक्रिया सुरू भएको छ।

पेरूको एक अदालतले सन् १९९० देखि सन् २००० सम्म पेरूको राष्ट्रपति रहेका ८२ वर्षीय फुजिमोरीलाई विपक्षी बनाइएकाे छ।

जबरजस्ती भनिएको प्राय आदिवासी सहभागी उक्त बन्ध्याकरण कार्यक्रममा दुई लाख ७० हजार महिलालाई सामेल गराइएको थियो।

Advertisement

सरकारी तथ्याङ्क अनुसार उक्त बन्ध्याकरण शल्यक्रियाका कारण १८ महिलाले ज्यानसमेत गुमाएका थिए। पीडितहरूले सन् २००  देखि न्यायको लागि अवाज उठाईरहेका थिए। 

अन्यायमा परेको बताउँदै न्यायका लागि बीस वर्षदेखि आवाज उठाउँदै आएका हजारौं गरिब तथा प्रायः आदिवासी महिलाहरूले लामो समयपछि अदालतमा सुनुवाई सुरू भएपछि न्याय पाउने आशा पलाएको बताएका छन्।