November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

फेरी थपियो टोकियोको संकटकाल

२०७७ फाल्गुन २२

2.7K

काठमाडाैं–जापानको राजधानी टोकियो क्षेत्रमा संकटकालको अवधि पुनः थप गरिएको छ। प्रधानमन्त्री योशिहिडे सुगाले शुक्रवार टोकियो महानगर क्षेत्रमा संकटकालको अवधि थप गरिएको घोषणा गरेका हुन्।

संकटकाल आगामी मार्च २१ सम्मका लागि थप गरिएको प्रधानमन्त्री सुगाले जानकारी दिए । कोरोना भाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले संकटकालको अवधि थप्नु परेको उनको भनाइ छ । 

टोकियोमा गतजनवरीमा संकटकालको घोषणा भएयता दोस्रो पटक म्याद थपिएको हो। स्वास्थ्य विज्ञ तथा स्थानीय सरकारी अधिकारीहरुले महामारी अझ बढी फैलिने खतरा रहेकाले संकटकाल लम्ब्याउनु पर्नेमा जोड दिँदै आएका थिए।

Advertisement