November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

मुकेश अम्बानीको घर बाहिर एक व्यापारीकाे शव फेला

२०७७ फाल्गुन २१

3.3K

काठमाडाैं– भारतीय अर्बपति व्यापारी मुकेश अम्बानीको घर एन्टिलिया बाहिर एक शव फेला परेकाे छ।

भारतीय पत्रिका दैनिक भास्करकाे अनलाइन संस्करण अनुसार उक्त शव केही दिन अगाडी अम्बानीकाे घर बाहिर विस्फोटक पदार्थसहित राखिएकाे स्कार्पियाेका मालिक मनसुख हिरानकाे हाे। 

उनी क्लासिक मोटर्सकाे भारतीय बजार हेर्दै आइरहेकाे समाचारमा उल्लेख छ। भारतीय प्रहरीका अनुसार उनले आत्महत्या गरेको आशंका छ। यद्यपि यस विषयमा कुनै आधिकारिक विज्ञप्ति जारी भने गरिएको छैन।

Advertisement

उनी बिहीबार बेपत्ता भएका थिए। समाचारमा जनाइएअनुसार एन्टिलिया भेटिएकाे स्कार्पियाेकाे अनुसन्धान गरिरहेका मुम्बई क्राइम ब्रान्चका सचिन वाजे र मनसुख दुवैले एक अर्कासँग सम्पर्कमा थिए।