काठमाडौँ – न्युजिल्याण्डमा आएको शक्तिशाली भूकम्प गएको छ ।
तीन पटकसम्म आएका भूकम्पको धक्कापछि त्यहाँ सुनामीको चेतावनी दिइएको थियो । तर, अहिले सुनामीको खतरा टरेको त्यहाँको राष्ट्रिय आपतकालीन एजेन्सीले जनाएको छ । सुनामीको खतरा नरहे पनि नागरिकलाई समुद्री क्षेत्रमा नजान भने आग्रह गरिएको छ ।
भूकम्प गएपछि आज बिहान न्युजिल्याण्डको उत्तरीद्धीपको किनारमा बस्ने नागरिकलाई सुरक्षित ठाउँमा जान भनिएको थियो । शुक्रवार बिहान न्युजिल्याण्डमा सात रेक्टर स्केलभन्दा माथिका तीन वटा भूकम्प गएको थियो । उत्तरी पूर्व क्षेत्रमा ८ दशमलव १ रेक्टर स्केलसम्मको भूकम्प गएको मापन गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
भूकम्पका कारण अहिलेसम्म कुनै क्षति भएको विवरण आएको छैन ।