काठमाडाैं– अमेरिकामा भएको एक सडक दुर्घटनामा १३ जनाको मृत्यु भएकाे छ। मृतक सबै आप्रवासी रहेकाे जनाइएकाे छ।
अध्यागमन अधिकारीहरूका अनुसार बिहीबार ट्रेलरले ठक्कर दिँदा उनीहरुकाे मृत्यु भएकाे हाे।
दुर्घटनामा मारिएका १३ मध्ये १० जना मेक्सिकन नागरिकको भएकाे वाशिङ्टन पाेस्टले जनाएकाे छ। अन्य ३ जनाकाे भने परिचहान खुल्न सकेकाे छैन।
यी आप्रवासीलाई तस्करहरूले मेक्सिकोको सिमानामा लगाएकाे बारकाे एक भाग काटेर क्यालिफोर्नियामा प्रवेश गराएका थिए।