November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

स्वीडेनमा शंकास्पद आतंकवादी आक्रमण, कम्तीमा ८ व्यक्ति घाइते

२०७७ फाल्गुन २०

4.5K

काठमाडाैं– स्वीडेनको भेटल्यान्डा शहरमा एक व्यक्तिले अन्धाधुन्ध बन्चरो प्रहार गर्दा  कम्तीमा ८ व्यक्ति घाइते भएका छन्। बिहीबार अपराह्न भएको घटनाकाे प्रहरीले विस्तृत विवरण भने खुलाएकाे छैन।

प्रहरीले उक्त आक्रमणपछि प्रहरीले ती आक्रमणकारीलाई गोली हानी नियन्त्रणमा लिएको थियो। २० वर्षको आसपासका ती शंकास्पद व्यक्तिलाई प्रहरीले अस्पताल पुर्‍याएको छ।  प्रहरीले ती व्यक्ति स्वेडीस नागरिक हो वा होइन भन्ने बारेमा केही खुलाएको छैन।

प्रहरीले घटनामा ती व्यक्तिले तिखो हतियार प्रयोग गरेको जनाएको छ। स्थानीय जोन्कोपिङ अस्पतालले घाइतेमध्ये तीन जना सख्त घाइते अवस्थामा रहेका तथा अन्य दुई जनाको चोट निकै गम्भीर प्रकृतिको रहेको जनाएको छ।

Advertisement

पत्रकारहरुसँग कुरा गर्दै क्षेत्रीय प्रहरी प्रमुख मलेना ग्रानले उक्त आक्रमणको घटनालाई आतंकवादी आक्रमणका रुपमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए।

आक्रमणकारी स्थानीय व्यक्ति रहेका र विगतमा पनि सानातिना अपराधका कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ।