काठमाडाैं– अमेरिकी राज्य टेक्ससमा अनिवार्य मास्क लगाउनुपर्ने नियम खारेज गरिएकाे छ। गभर्नर ग्रेग एबर्टले बुधबारदेखि मास्क अनिवार्य लगाउन नपर्ने जानकारी दिएका हुन्।
मंगलबार टेक्ससको उत्तरी सहर लुबोकमा आयोजित ब्यवसायीको भेलालाई सम्बोधन गर्दै मेयर एबर्टले कोराेना भाइरसकाे जोखिम कायमै रहेपनि खोप, निको हुने दर र हस्पिटलको शैय्यामा रित्तो हुँदै गएपछि मास्क लगाउनु जरुरी नभएको बताए।
‘खोप र एन्टीबडी निर्माण गर्ने औषधीका कारण टेक्ससका बासिन्दा भाइरससँग लड्न सक्षम छन्’ उनले भने, ‘जीवनलाई सामान्य अवस्थामा फर्काउन हामीले सबैलाई स्वतन्त्र छाड्दिएका छाैं।
यसका साथै अब टेक्ससमा सबै व्यापार व्यवसाय शतप्रतिशत सञ्चालन गर्न सकिने छ।