November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

नाइजेरियामा विद्यालयबाट अपहरण परेका ३ सय बालिका मुक्त

२०७७ फाल्गुन १९

3.1K

काठमाडाै‌–‌नाइजेरियामा गत हप्ता एक विद्यालयबाट अपहरण गरिएका झन्डै ३ सय बालिका अपहरणमुक्त भएका छन्। प्रहरीका अनुसार अज्ञात बन्दुकधारीले ती बालिकालाई जाम्फारास्थित एउटा आवासीय विद्यालयबाट गत शुक्रवार अपहरण गरी नजिकैको जङ्गलमा राखेका थिए।

मंगलवार ती बालिका मुक्त भएको र सुरक्षित रहेको सो राज्यका गभर्नरले बताएका छन् । यस्ता अपहरण फिरौतीका लागि गरिने र उत्तरी नाइजेरियामा बारम्बार हुने घटना हुन् । अपहरितमध्ये दर्जनौँ बालिका सरकारी भवनमा मिनिबसमा ल्याइएका थिए।

‘अपहरित विद्यार्थी मुक्त भएको घोषणा गर्दा म गद्गद भएको छु,’ गभर्नर बेलो मातावालेले ट्विटरमा लेखेका छन्। प्रहरीले गत साता ३१७ जनाको अपहरण भएको दावी गरेकाे थियाे । ‘हामीमध्ये धेरैलाई घाउ चोट लागेको थियो र हिँड्न गार्‍हो भएको थियो’ अपहरणमा परेकी एक बलिकाले भनिन्,’ उनीहरूले नहिँडे गोली हान्ने बताएका थिए,’ हामी खोला तरेर गयौँ र उनीहरूले हामीलाई लुकाए अनि बुट्यानमुनि सुत्न दिए।’ ती बालिकाहरू मुक्त गर्न सरकारी अधिकारी र अपहरणकारीबीच वार्ता भएको थियो।

Advertisement