April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

इथियोपियामा विद्रोहीविरुद्ध सैन्य कारबाही अन्तिम चरणमा

2.4K

एजेन्सी–इथियोपियाका प्रधानमन्त्री आबी मोहमदले टिग्रे क्षेत्रमा विद्रोहीविरुद्ध जारी सैन्य अभियान अन्तिम चरणमा पुगेको बताएका छन्। विद्रोहीलाई आत्मसमर्पणका लागि दिइएको ३ दिनको समय सकिएको उनले बताएका छन्। 

इथियोपियामा केन्द्र सरकार र टिग्रे विद्रोहीबीच २ सातादेखि जारी लडाइँका क्रममा सयौं मानिस मारिइसकेका छन् भने करिब २७ हजार मानिस भागेर छिमेकी देश सुडानमा शरण लिएका छन्। 

संयुक्त राष्ट्रसंघले टिग्रे क्षेत्रमा मानवीय संकट सुरु भएको जनाएको छ। त्यहाँको अवस्थाको जानकारी लिन नसकिएको र सञ्चार सेवा पूर्ण रुपमा ठप्प भएको जनाइएको छ। 

Advertisement

केन्द्र सरकारले टिग्रे पिपल्स लिबरेशन फ्रन्टले सेनाको कार्यालयमा आक्रमण गरेको र हतियार लुटेको आरोप लगाएको छ। विद्रोही संगठनलाई नियन्त्रणमा लिएको राजनीतिक दलले उक्त क्षेत्रमा अवैध चुनाव गराएको पनि केन्द्र सरकारले आरोप लगाएको छ।