November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

इक्वेडरका पूर्वराष्ट्रपति गुस्ताभोको निधन

2.2K

क्विटो– इक्वेडरका पूर्वराष्ट्रपति गुस्ताभो नोबोयको ८३ वर्षको उमेरमा निधन भएको छ।

अकस्मात हृदयघातका कारण मङ्गलबार उनको निधन भएको अधिकारीहरुले जानकारी दिएका छन्। उनलाई यही फ्रेब्रुअरी ९ मा हृदयघात भएको हो। हृदयघात भएपछि उनलाई थप उपचारका लागि अमेरिका लगिएको थियो। तर उपचारकै क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ।

ज्याक्सन मेमोरियल अस्पताल फ्रोरिडामा उनको उपचार गराइएको थियो। उनको उपचार सफल नभएपछि उनका आफन्त तथा सुवेच्छुकहरुले दुःख व्यक्त गरेका छन्।

Advertisement

इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले सामाजिक सञ्जाल ट्वीटरमार्फत उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। पूर्वराष्ट्रपति नोबोयको निधनमा शोक र सम्मान व्यक्त गर्दै राष्ट्रिय शोकसमेत घोषणा गर्न लागेको जानकारी उनले दिएका छन्।

उनले नोबोयलाई आफ्नो अति आदरणीय, अविस्मरणीय र असल व्यक्तिका रुपमा स्मरण पनि गरेका छन्। नोबोयको निधनले आफूले अति असल मित्र र देशले असल अविभावक गुमाउनु परेको राष्ट्रपति मोरेनोले उल्लेख गरेका छन्।