November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

अफगानिस्तानमा रक्षामन्त्रीका चालक र छोराको हत्या

2.7K

अफगान– अफगानिस्तानमा रक्षामन्त्रीका सवारी चालक र उनका छोराको हत्या भएको छ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार चालक मोहम्मद अफ्जाल र उनका पाँच वर्षीय छोराको शुक्रबार हत्या भएको हो। राजधानी काबुलको माक्रोरायन ए चर क्षेत्रमा रहेको आफ्नै निवासमा उनीहरुको हत्या भएको अधिकारीहरुले जनाएका छन्।

देशमा शान्ति स्थापनाका लागि प्रयासहरु भइरहेका बेला दर्दनाक हिंसात्मक घटनाहरु पनि भइरहेका हुन्। घटनाका बारेमा अहिलेसम्म कुनै पक्षले जिम्मेवारी नलिएको अधिकारीहरुले बताएका छन्।

Advertisement