November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

बहुविवाह गर्ने शिक्षकलाई अयोग्य हुने विषय विधेयकमा उल्लेख हुनुपर्छः रेखा शर्मा

585

काठमाडौं पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले विद्यालय शिक्षा विधेयकमा कैयन विषय छुटेकाले ती विषय समावेश गर्नु पर्ने बताएकी छन् ।

सिंहदरबारस्थित समिति सचिवालयमा जारी प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै सांसद शर्माले स्वयंसेवक शिक्षकको व्यवस्था नराख्ने पनि बताइन् ।

शर्माले स्वयंसेवक शिक्षक राख्दा उनीहरू हाबी हुने र स्थायी शिक्षकले पढाउन नपाउने अवस्था निर्माण हुन सक्ने बताइन् । शिक्षकलाई प्रधानाध्यापक हुँदाको समयमा केही न केही थप सुविधा दिने व्यवस्था गर्नुपर्ने उनको जोड थियो ।

Advertisement

बाहिरबाट गएर दुर्गममा पढाउन जानेलाई उत्साहित कसरी बनाउने भन्ने विषयमा विधेयकमा ध्यान दिनुपर्ने र बहुविवाह गर्ने शिक्षकलाई अयोग्य हुने विषय पनि विधेयकमा उल्लेख गर्नुपर्ने शर्माले बताइन् ।