March 15, 2025, Saturday
२०८१ चैत्र २
1:37:26 pm

पाल्पामा डेंगुबाट एक महिलाको मृत्यु

1.6K

पाल्पा । पाल्पामा डेंगु संक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका–६, बर्तुङस्थित लामीडाडाँकी ६९ वर्षीया महिला रहेकी छन् ।

गत साउन १६ गते संक्रमण पुष्टि भएकी महिलाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा आइतबार बेलुका मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

डेंगु संक्रमण पुष्टि भए पनि स्वास्थ्य अवस्था सामान्य रहेका कारण घरमै आराम गरेकी उनलाई पुनः समस्या देखिएपछि थप उपचारका लागि मिसन अस्पतालमा पु¥याइएको थियो । उनको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

Advertisement

बर्षा लागेसँगै पाल्पामा पछिल्लो समय डेंगुका संक्रमित बढेका छन् । साउन महिना सुरु भएयतामात्रै १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले जानकारी दिए ।

जिल्लामा पाल्पा र रामपुर अस्पतलसँगै तानसेनको युनाइटेड मिसन, लुम्बिनी मेडिकल कलेज गरिएको परीक्षणमा मात्रै ४८ जना भन्दा बढीमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।