पर्सा । वीरगन्जको नारायणी अस्पताल परिसरको खुला आकाशमुनि साढे २ महिनादेखि ३० करोड रुपैयाँको एमआरआई मेसिन थन्किएको छ । अस्पतालमा एमआरआई कक्ष तयार भए पनि प्रशासनको लापर्बाहीका कारण महँगो उपकरण अस्पताल परिसरमै त्रिपालले छोपेर राखिएको हो ।
स्वास्थ्य सेवा विभागले टेण्डर आह्वान गरी आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालि मार्फत यो उपकरण खरिद गरेको हो । तर ठेकेदार कम्पनीले हिलियम ग्यासको अभावका कारण मेसिन जडान गर्न नसकेको जनाएपछि मेसिन अस्पताल परिसरमै प्रयोगविहीन बनेको छ ।
महँगो र अति नाजुक मानिने यो मेसिन अस्पताल परिसरमा यसरी राखिँदा क्षति वा पार्टपुर्जा चोरी हुनसक्ने सम्भावना पनि उत्तिक्कै रहेको स्थानीयले आंकलन गरेका छन्