November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

५६८ संक्रमित, एकजनाको मृत्यु

2.5K

काठमाडौं : नेपालमा आज थप ५ सय  ६८ जना कोभिड १९ का संक्रमित भेटिएको छ। २४ घन्टामा गरिएको  ४८ सयवटा नमूना परीक्षणमा ५ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो। आज १ जना संक्रमितको मृत्यु भएको छ।

आज ९५ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमितको संख्या पनि ३ हजार ५३४ रहेको छ। जसमा काठमाडौंमा १९ सय ७६ जना ललितपुरमा ३४१ जना र भक्तपुरमा १०२ जना रहेका छन्। 

हाल देशभर २७  जना संक्रमित आइसियूमा‚ २ जना भेन्टिलेटरमा‚ १२७ जना संस्थागत आइसोलेशनमा र ३४ सय ७ जना होम आइसोलेशनमा उपचाररत रहेका छन्।

Advertisement