काठमाडौं । काठमाडौं उपत्यकामा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा असार २ देखि बुधबारसम्म गरिएको परीक्षणमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको हो ।
आरडीटी र ह्याङ्गिङ ड्रप विधिबाट परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले हैजाबाट बच्न पानी उमालेर मात्र खान र ताजा खानेकुरा खान सबैलाई आग्रहसमेत गरेको छ ।