November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

बर्डफलू नियन्त्रणबाहिर, लकडाउन गर्ने विभागको तयारी

2.5K

काठमाडौं । कुखुराको संक्रामक रोग बर्डफ्लू नियन्त्रणवाहिर गएको सरकारी अधिकारीले बताएका छन् । संक्रमण बढेपछि पशु सेवा विभागले लकडाउनको तयारी गरेको छ ।

भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशालाले आज काठमाडौंमा आयोजना गरेको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा पशु सेवा विभागका महानिर्देश डा .राम नन्दन तिवारीले बर्डफ्लू संक्रमण नियन्त्रणबाहिर गएको बताए ।

उनका अनुसार गत माघदेखि प्रदेश १, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा बर्डफ्लूको संक्रमण बढेको छ । हालसम्म हाँस, ब्रोइलर, लोकल, गिरिराज, लेयर्स टर्की काग ,प्यारेन्ट कालिज र लौकाटमा पुष्टि भएको उनले जानकारी दिए ।

Advertisement

कुखुरापालन हुने देशका मुख्य सहरहरू मोरङ, काठमाडौं, सुनसरी, सिन्धुपाल्चोक, कास्की, उदयपुर, ललितपुर, भक्तपुर, पर्सा ,मकवानपुर,धनुषा र बारामा बर्डफ्लू संक्रमण रफ्तारमा फैलिएको छ । पोल्ट्री व्यवसायीले समयमा नै विभागको सल्लाह मानेर पोल्ट्री लकडाउन जानुको विकल्प नभएको पनि उनले प्रष्ट पारे ।

‘नेपाल दाना उद्योग संघका अध्यक्ष रवीन पुरीले लकडाउनको प्रकृतिबारे प्रष्ट पार्न आग्रह गरे । उनले भने, ‘तपाईंहरुले ओसारपसार बन्द र लकडाउन भन्नुहुन्छ, त्यो कस्तो हो स्पष्ट पारिदिनुहुन अनुरोध छ,’ पुरीले भने ।

नेपाल दाना उद्योग संघका पूर्वअध्यक्ष नारायणहरि खत्रीले विभागले अनुगान फितलो भएको बताए उनले एक प्रसंगमा भने भक्तपुरमा एक ठाँउमा बर्डफ्लु देखीको तर त्यसको नजिकै रहेको अर्को कुखुरा फार्मले मज्जाले कुखुरा बेचीरहेको अवस्था छ तसर्थ तत्कालै बन्द गर्नु मात्र समस्याको समाधन नभएको तर व्यावसायी पनी रहने खालको संयत्र बनाएर नियन्त्रणमा लाग्न सुझाब दिए ।