November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

शुरु भयो सिंहदरबारभित्र हेल्थ डेस्क

2K

काठमाडौं : सरकारको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र फेरि हेल्थ डेक्स सञ्चालन गरिएको छ। यसअघि ०७४ साल फागुन १६ मा पनि त्यहाँ हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य सेवा दिइँदै आएको भए पनि पछि बन्द गरिएको थियो।

आजबाट शुरु भएको उक्त हेल्थ डेस्कको मुख्यसचिव शंकरदास वैरागीले उदघाटन गरेका थिए। उद्घाटनपछि वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्राडा भूपेन्द्रकुमार बस्नेतले मुख्य सचिव बैरागीको स्वास्थ्य जाँच गरी सेवा प्रारम्भ गरेको हेल्थ डेस्क प्रमुख दीपक मुडभरीले बताए।

अबदेखि हेल्थ डेस्कमा स्वास्थ्य सेवा दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म वीर अस्पतालका २ जना चिकित्सक र ३ जना स्वास्थ्यकर्मी सिंहदरबारभित्र कार्यरत कर्मचारी र अन्य सेवाग्राहीलाई आकास्मिक सेवा प्रदान गर्ने उनले बताए। सिंहदरबारभित्र ७ हजारभन्दा बढी कर्मचारी कार्यरत रहेको बताइन्छ। 

Advertisement