काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार स्थिर कर नीतिको पक्षमा रहेको बताएका छन् । शुक्रबार काठमाडौं आयोजित एक कार्यक्रममा बोल्दै उनले अब विश्वासका साथ रहन आग्रह गर्दै कर नीतिहरू बारम्बार परिवर्तन हुने आशङ्का नगर्न अनुरोध गरेका हुन् ।
अर्थमन्त्री पौडेलले सरकार मूलतः एउटा कर नीति र करका दरहरूमा सापेक्षित स्थिरताको पक्षमा रहेको र त्यसैअनुसार आगामी आर्थिक वर्षको बजेट ल्याएको बताए ।
उपप्रधानमन्त्री पौडेलले भने,‘पछिल्लो समय उपभोक्ता र व्यवसायीहरूमा कर नीतिप्रति आशङ्का देखिएको छ । सरकारले अप एन्ड डाउन गरिरहन्छ भन्ने शङ्का गरिएको छ । तर त्यो शङ्का गर्नुपर्ने अवस्था छैन। हामी स्थिर कर नीतिको पक्षमा छौँ । करको दायरा बढाउन जरुरी छ । करका दरहरूमा सामूहिक परिमार्जन आवश्यक पर्न सक्छ, तर नीति स्थिर राख्नेतर्फ हाम्रो जोड छ ।’
उनले जलविद्युत् उत्पादन प्रवद्र्धन गर्ने र लचिलो नीति ल्याउने काम विगतमा गरिएको उल्लेख गर्दै उक्त क्षेत्रको विकासका लागि निजी क्षेत्रको लगानी आकर्षित गर्न अनुकूल नीति ल्याउने पनि स्पष्ट पारे ।