April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

अर्थमन्त्री वर्षमान पुन वासिङ्टन डिसीमा

1.4K

लन्डन । अर्थमन्त्री वर्षमान पुन वासिङ्टन डिसी पुगेका छन् छ विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त  बैठकमा सहभागी हुने सिलसिलामा चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यहाँ पुगेका हुन् ।

भ्रमण टोलीमा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल, सोही महाशाखाका उपसचिव कञ्चन बस्नेतलगायत रहेका छन् । उनीहरूलाई अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री तथा दूतावासका उपप्रमुख कुमार खरेल लगायत दूतावासका उच्च अधिकारीहरुले स्वागत गरेका थिए ।

त्यहाँ रहँदा अर्थमन्त्री पुनले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन तथा अन्तर्राष्ट्रिय वित्त निगमका वरिष्ठ अधिकारीका साथै अमेरिका  चेम्बर अफ कमर्सका पदाधिकारीसँग छलफल गर्ने जनाइएको छ ।

Advertisement

मन्त्री पुनले जलवायु परिवर्तनको प्रभावले जोखिममा  परेका मुलुकहरूको मन्त्रीस्तरीय बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।