November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

चिनियाँ अर्थतन्त्र अपेक्षाभन्दा तीव्र गतिमा विस्तार

2.5K

काठमाडौं- चिनियाँ अर्थतन्त्र अपेक्षाभन्दा तीव्र गतिमा विस्तार भएको छ। कोभिड-१९ को महामारीले विश्व अर्थतन्त्र प्रभावित भएका बेला चिनियाँ अर्थतन्त्र भने पूर्वानुमानभन्दा तीव्र गतिमा विस्तार भएको हो।

चीन सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वको दोस्रो ठूलो अर्थतन्त्र सन् २०२० मा २.३ प्रतिशतले विस्तार भएको छ। यद्यपि यो वृद्धिदर वर्षौंपछिको न्यून हो। सन् १९७६ मा चिनियाँ अर्थतन्त्र १.६ प्रतिशतले खुम्चिएको थियो।

कोभिड महामारीले विश्वका प्रमुख अर्थतन्त्र मन्दीमा धकेलिएका बेला चीनले आर्थिक वृद्धिदरमा नयाँ उपलब्धि हासिल गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। विश्लेषकहरूले यसअघि सन् २०२०मा चिनियाँ अर्थतन्त्र १.९ प्रतिशतले बढ्ने अनुमान गरेका थिए। 

Advertisement