काठमाडौं । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्ष ०८०/०८१ को बजेट बहुमतले पारित भएको छ । प्रतिनिधिसभामा बजेटमाथि पहिलोपटक मतदान भएको हो ।
प्रमुख प्रतिपक्षी दल एमालेले मत विभाजनको माग गरेपछि म विभाजनमार्फत बजेट पारित भएको हो । बजेटको पक्षमा १४७ र विपक्षमा १०८ मत परेको छ ।
बुधबारको बैठकमा २५५ जना सांसद उपस्थित थिए । बजेटको पक्षमा सत्तारुढ कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीलगायतले मत दिएका थिए ।
मत विभाजनमार्फत बजेट अनुमोदन गरेपछि प्रतिक्रिया दिँदै प्रमुख प्रतिपक्षी दल नेता ओलीले ९९ प्रतिशत समर्थन रहेको सरकारको समर्थन घटेर ५३ प्रतिशत बनेको बताए । उनले भने, ‘सरकारमाथिको विश्वासमा पहिले ९९.९९ प्रतिशत थियो । अहिले ५३ प्रतिशतमा घट्यो । के भन्दा के हुनुपर्यो ?’