November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

यस बजेटले आर्थिक अवस्था सुधार गर्छः अर्थमन्त्री

2.6K

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेटले आर्थिक अवस्था सुधार गर्ने दाबी गरेका छन् । आर्थिक पत्रकार समाज सेजनले बुधबार आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै मन्त्री महतले यस बजेटले आमूल परिवर्तन गर्न नसके पनि संकटपूर्ण आर्थिक अवस्था सुधारमा ठूलो काम हुने बताएका हुन् ।

अर्थमन्त्री महतले बजेटको अहिलेको आकारभन्दा पनि ठूलो बनाउन आफूलाई दबाब आएकोले परिस्थितिका कारण केही ठूलो बजेट बनेको बताए ।

उनले सांसद विकास कोषको बजेट दुरुपयोग नहुने पनि बताए । यस बजेट पुँजीगत नै भएको भन्दै उनले दुरुपयोग नहुने बताएका हुन् । सांसद विकास कोषको बजेट सांसदले सिधै खर्च गर्न नसक्ने भन्दै उनले यसमा सांसदको भूमिका सिफारिस गर्ने मात्र हुने बताए ।

Advertisement