November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

आर्थिक वर्ष २०८०/८१ को बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ

3.2K

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट घोषणा भएको छ । सोमबार अर्थमन्त्री डा.प्रकाशशरण महतले सो बजेट घोषणा गरेका हुन् ।

अर्थमन्त्रीले बजेट घोषणा गरेअनुसार चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड र वित्तीय व्यवस्थापन तर्फ ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ रहेको छ ।

सरकारले खर्च कटौतीको योजनासहित बजेट ल्याएको छ । जसअनुसार आर्थिक मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य बजेटले लिएको छ । यस्तै, आगामी आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर बढाउने र दोस्रो चरणको आर्थिक सुधारको योजना समेत सरकारले बनाएको छ ।

Advertisement

अर्थमन्त्री डा. महतले आगामी आर्थिक वर्षको बजेटमा विकास निर्माणलाई समेत प्राथमिक्रामा राखेका छन् । यसैगरी कृषि, स्वास्थ्य र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट बढाइएको छ ।